१२ बर्ष जङ्ल बसे ,पन्ध्र हजार मारेँ ,
जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ ।।
१२- १५ देस घुमेँ श्वासनी, छोरा सँग,
चिल्लो गाडी, घ्याम्पे भुँडी द्ङ पर्छु म त ।।
कहिले भन्छु - कब्जा गर्छु , कहिले क्रान्ति गर्छु,
जनता झुक्याउनेमा हजुर, एक नम्बरमा पर्छु ।।
जनतालाई सपना बाँड्न एक नम्बरको हिरो,
त्यो सुद्ले कस्तो झपार्यो , भए म त जिरो ।।
भाषण गर्न जानेकै छु, चर्को चर्को बोली,
खाली मेरो बिरोध गर्छ ,त्यो झापाली ओली ।।
छाउरा - छाउरी सिबिरमा सन्तान जन्माइ बस्छन,
अर्का थरी स्याल जस्ताले , शिक्षाकलाई कालो मोसो धस्छन ।।
बिदेशीको अगाडि लुत्रुक्क पर्छु, नेपालीलाई धम्की दिन्छु,
दौरा, सुर्वाल मिल्काइदिए, सुट टाइमा हिड्छु ।।
संबिधान, आशान्ती, मुल्य ब्रिद्धी मलाई मतलब छैन,
कटुवालको जागिर नखाएसम्म चैन मलाई छैन।।
कट्टुवालको कट्टु खोल्दा, खोलिदियो मेरो नै कट्टु,
माओबादी भन्दा कुनैपनी पार्टी छैन, स्याल जस्तो छ्ट्टू।।
जातभात र प्रदेशको बिऊको रोपे, सस्तो लोकप्रियतालाई
तिनै बीऊको झांगले आज , छोप्न लागिसके हामीलाई ।।
भन्छु खुल्लामंचमा जनताको सेबक, शिबिरमा चाही भाले
कहिले लगाऊछौ दशैको टिका नानी ,भन्छन हाम्रा बाले।।
सामंती र क्रांति जस्ता शब्दहरु हाम्रो गुरु मंत्र
फीडेल र किमको जस्तो हुनेछ, हाम्रो शासन तंत्र ।।
उत्तरकालाई ठिक्क पारे , दक्षिणकालाई नि ठिक्क
एता उता ख़ुशी पार्दा पार्दा , भईसके म वाक्क दिक्क ।।
भतकाउन न त सजिलो भा थियो हजूर, बनाउन चाही गाह्रो
कुर्शी पाउनु भन्दा पनी गाठे ,जोगाउन रहेछ साह्रो ।।
हातमा रोलेक्स घडी पजेरो चड़ी, कहिले न्यूयोर्क कहिले नर्वे
अक्तियार त के, त्यसका बाउले पनि गर्न सक्दैन हाम्रो सर्बे ।।
केश मेरो माओ को त ,जुँघा स्टालिनको नक्कल
नक्कल गर्दा गर्दै कामरेड, फुस्किसक्यो अक्कल ।।
भये ६ महीने प्रधानमंत्री र २ महीने भित्ते रास्ट्रपति
म नै हू भन्नाले , भयो मेरो हावादारी गति ।।
आठ नौ महिनामै खानु खायौ , भयो हामीलाई अमन
हामीलाई नै अति लग्यो अब ,गर्यो अचार सहिताको बमन ।।
सिन्को भाँच्न सक्या होइन, फुर्ती भने ठुलो ,
समुन्द्रको कुरा गर्छु, सुकिसक्यो कुलो ।।
अर्कालाई भन्न त सजिलो भाथ्यो गर्न रेछ गाह्रो ,
लौन हजुर कसो गरुँ, पर्यो आपत सारो।।
note: I hereby declear that the above poem is not written by me. I found this wonderful pice in forwarded email.